काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ । दुवै कम्पनीले मंगलवार एक आपसमा मर्ज हुने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
किसान लघुवित्तको कैलालीको लम्की चुहा–४ मा रजिस्टर्ड कार्यालय छ । जाल्पा सामुदायिक लघुवित्तको भने रुपन्देहीको बुटवल–११ मा रजिस्टर्ड कार्यालय छ ।
दुवै कम्पनीले मर्जर प्रयोजनका लागि संस्थाका आधारभूत शेयरधनीहरूको शेयर कारोबार साधारण सभा सम्पन्न नहुन्जेलसम्म रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई अनुरोध गरेका छन् ।
किसान लघुवित्तको चुक्ता पूँजी रू. ५० करोड ४३ लाख छ । त्यस्तै जाल्पा सामुदायिक लघुवित्तको पूँजी रू. १८ करोड २८ लाख छ ।