काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । फागुन ९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांशसम्बन्धी प्रस्ताव गरेको हो ।
अघिल्लो आवको मुनाफाबाट गत वर्ष कम्पनीले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर गत वर्षभन्दा यस वर्ष घटेको छ ।