काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयरको समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६१२ दशमलव १५ कायम भएको छ ।
नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य रू. ६५५ मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर सोमवार (आज) देखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।