काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । पुस २६ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८ देखि दुई आर्थिक वर्ष निरन्तर लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४३ लाख ६६ हजार रुपैयाँ छ ।