असार ३१, सप्तरी । सप्तरीको उत्तर र पूर्वी भेगमा पर्ने कञ्चनरूप नगरपालिकामा नापी र मालपोतको शाखा कार्यालय स्थापना हुने भएको छ । गत असोजमा सरकारले सेवा विस्तार गर्ने सिलसिलामा कञ्चनपुर बजारमा नापी र मालपोत कार्यालय स्थापना हुने निर्णय गरेको हो । दुवै कार्यालय व्यस्थापनका लागि आवश्यक तयारी भइरहेको र आगामी आइतवारदेखि कामकाज शुरू हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिए । यी कार्यालयको स्थापनाले दुई नगरपालिकासहित करीब १० गाविसका बासिन्दा लाभान्वित हुनेछन् । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.