काठमाडौं । पिपुल्स पावर कम्पनीको पहिलो शेयर कारोबार भएको छ । आइतवारकाे स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलाे शेयर काराेबार भएकाे हाे । कम्पनीको पहिलाे शेयर काराेबार प्रतिकित्ता रू. २८४ दशमलव १० मा भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ९४ दशमलव ९६ देखि २८४ दशमलव ८८ मूल्य रेञ्ज तोकेको थियो । सोही मूल्य रेञ्जको आधारमा आइतवार कम्पनीको शेयर कारोबार भएको हो ।
यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य ५ दशमलव ९१ प्रतिशत वृद्धि भएर रू. ३०० दशमलव ९० पुगेको छ ।
कम्पनीले ६३ लाख २६ हजार कित्ता शेयर शुक्रवार नेप्सेमा सूचीकृत गराएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई वितरण गरिएको ६ लाख ३२ हजार ६०० कित्ता, सर्वसाधारण शेयरधनीहरूलाई निष्काशन गरिएको २४ लाख ६७ हजार ४०० कित्ता र संस्थापकहरूले लगानी गरेको ३२ लाख २६ हजार कित्ता गरी ६३ लाख २६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।