काठमाडौं । युनाइटेड इदी मार्दी हाइड्रोपावर लिमिटेडको संस्थापक र स्थानीयक बासिन्दाको शेयर लकइन पिरियड सकिएको छ । त्यसैले बिहीवार कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेको हो ।
यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३०४ दशमलव २० मा झरेको छ । यो समचार तयार पार्दासम्म मार्केट डेप्थमा हेर्दा खरीद माग शून्य छ भने विक्री माग १६ हजार ६१३ कित्ता छ । २०७६ मङ्सिर १३ गते कम्पनीको शेयर बाँडफाँट भएको थियो ।
यस आधारमा कम्पनीका संस्थापक सेयरधनीहरूको शेयर लक भएको ३ वर्ष पूरा भएको छ भने स्थानीयको पनि लकइन खुला भएको छ । सोही कारणले यस कम्पनीको शेयरमा विक्रेता हाबी भएका हुन् ।