नयाँ दिल्ली। भारतमा लोकसभा चुनावको दोस्रो चरणको मतदान आज (अप्रिल २६) बिहान ७ बजेबाट शुरु भएको छ । यस चरणमा १३ राज्यका ८८ सिटमा मतदान हुँदैछ।
यस चरणमा राहुल गान्धी, अरुण गोविल, हेमा मालिनी, शशि थरुर लगायत विभिन्न पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।
दोस्रो चरणमा १.६७ लाख मतदान केन्द्रमा कुल १५.८८ करोड मतदाताले मतदानमा भाग लिनेछन्। जसमध्ये ८.०८ करोड पुरुष, ७.८ करोड महिला र ५९२९ तेस्रो लिङ्गी मतदाता छन्। एजेन्सीको सहयोगमा