काठमाडौं । महाशक्ति सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले उद्योग प्रभावित स्थानीयसँगै आम सर्वसाधारणमा १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता आईपीओ निष्कासनका लागि फागुन २६ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा नै आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड छ ।