काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापकतर्फको ८ दशमलव ९९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत हुने भएको छ । कम्पनीले हाल संस्थापकतर्फ कायम रहेको ६१ दशमलव शून्य १ प्रतिशत शेयर संरचनालाई ५२ दशमलव शून्य २ प्रतिशत कायम हुने गरी ८ दशमलव ९९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकमा पुस २२ गते शेयर संरचना परिवर्तनका लागि स्वीकृति प्राप्त भइसकेकाले आफ्नो शेयर संरचना परिवर्तन गर्न नचाहने शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा लिखित रुपमा निवेदन दिनुपर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा यस वर्ष कम्पनीले ६ दशमलव ३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस १३ गतेको सञ्चालक समितिको बैठकले यस वर्षको लाभांश वितरणसम्बन्धी निर्णय गरेको हो ।