काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्षमा यादब अधिकारी नियुक्त भएका छन् ।
कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सोही बैठकले यसअघि अध्यक्ष रहेका इन्दिर पण्डित (घिमिरे)ले कार्यव्यस्तताको कारण देखाई दिएको राजीनामासमेत स्वीकृत गरेको छ ।