logo
मञ्जुश्री फाईनान्सले प्रस्ताव गर्‍यो लाभांश 
मञ्जुश्री फाईनान्सले प्रस्ताव गर्‍यो लाभांश 
१५ मंसिर २०८०

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव पारित गरेको छ ।

मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको आधारमा करसमेत ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.