काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ११ करोड ३० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. १७ करोड १७ लाख पुगेको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ६४ प्रतिश तर सञ्चालन नाफा ५१ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव १५ रहेकोमा चालू आवमा बढेर रू. १६ दशमलव ९४ पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २६ दशमलव २७ गुणा,तरलता अनुपात २७ दशमलव ७४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ९६ रहेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ३५ करोड रहेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. ६२ करोड ६० लाख र रिटेन्ड अर्निङमा रू. २२ लाख ३ हजार सञ्चित गरेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १२ अर्ब ५२ करोड निक्षेप संकलन गरेर रू. ११ अर्ब ३५ करोड भन्दा बढी कर्जा लगानी गरेको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.