जेठ २८, काठमाडौं (अस) । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा रामशरण महतले बिहीवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आगामी असार १० गते आयोजना हुने नेपाल सहायता सम्मेलनमा ‘विशेष अतिथि’का रूपमा सहभागिताका लागि निम्तो दिएका छन् । सोही दिन उनले भारतका वित्तमन्त्री अरुण जेट्लीलाई पनि भेटेका छन् । साथै, डा महतले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग पनि उनकै निवासमा भेट गरे । विदेशमन्त्री स्वाराजसँगको भेटमा अर्थमन्त्री डा महतले विदेशी सहायता जुटाउन आगामी असार १० गते सम्मेलन गर्न लागेको स्पष्ट पारे । पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भन्दै उनले छिमेकी मुलुक भारतबाट पनि ठूलो सहयोगको अपेक्षा गरेको धारणा व्यक्त गरे ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.