काठमाडौं । मुचुल्काको भन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा मतगणना रोकिएको छ ।
बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार हिमाली गाउँपालिका–६, धिमस्थित मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा ४० मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको हो ।
पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ५ हजार ३९९ मतसहित अग्रता लिएका छन् । नेकपा एमालेका कर्ण थापाले ४ हजार १३० मतसहित उनलाई पछ्याइरहेका छन् ।