असोज ३, काठमाडौं (अस) । सौन्दर्य प्रशोधनसम्बन्धी सामग्री उत्पादक भारतीय कम्पनी म्याक पर्सनल केयरले प्रिमियम सेगमेण्टमा जोकोज ब्राण्डको उत्पादन थालेको छ । यसअघि यो कम्पनीले म्याक लभेरा ब्राण्डका सौन्दर्य सामग्री उत्पादन गर्दै आएको थियो । एमआर वन्सल ग्रुपअन्तर्गत बेला ट्रेडिङ्सले नेपालका लागि आधिकारिक विक्रेताका रूपमा जोकोज ब्राण्डका उत्पादन विक्री गर्दै आएको छ । अब म्याक लभेराको सट्टा नेपाली बजारमा जोकोज ब्राण्ड आउने ग्रूपका कण्ट्री मेनेजर घनश्याम गौतमले जानकारी दिए । उत्पादक कम्पनीले आफ्ना उत्पादन जोकोजमा ब्राण्डिङ गरिसकेको उनले बताए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.