काठमाडौं । टुक्रे योजना बनाएर बजेट बाँड्ने प्रवृत्ति अन्त्य गर्न सरकारले तीन करोड रुपैयाँभन्दा कम बजेटका योजना कार्यान्वयन नहुने व्यवस्था गरेको छ ।
सरकारले विनियोजन ऐनमार्फत प्रोजेक्ट बैंकमा इन्ट्री नगरी योजना कार्यान्वयन नहुने व्यवस्था गरेको हो । न्यू बिजनेश एज लिमिटेडले आयोजना गरेको न्यूबिज कन्क्लेभ एण्ड बिजनेश अवार्डस् २०२५ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले तीन करोड रुपैयाभन्दा कमका आयोजना अब प्रोजेक्ट बैंकमा इन्ट्री नहुने जानकारी दिए ।
विनियोजन ऐन राष्ट्रियसभाबाट पास भएपछि उक्त व्यवस्था कार्यान्वयन हुने उनले जानकारी दिए । यसअघि टुक्रे योजना बनाउने प्रवृत्ति बढेपछि उक्त व्यवस्था गरिएको बताए ।