काठमाडौं । न्यूबिज बिजनेश कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्को नवौं संस्करण बिहीवार सम्पन्न भएको छ । न्यू बिजनेश एज लिमिटेडको आयोजनामा एशियन पेन्ट्स टाइटल स्पोन्सर रहेको कार्यक्रममा लाइफटाइम एचिभमेन्टसहित विभिन्न १० विधामा अवार्ड वितरण गरिएको थियो ।
यस्तै ‘ड्राइभिङ ग्रोथ थ्रु रिफर्म’ विषयमा प्यानल छलफल कार्यक्रमसमेत तय गरिएको थियो ।
कार्यक्रममा मुख्य वक्ता उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनाल थिए । ‘ड्राइभिङ ग्रोथ थ्रु रिफर्म’ विषयको प्यानल छलफलमा संघीय सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जब्बोर कायुमोभ, श्रीनगर एग्रो ग्रूप अफ कम्पनीका प्रबन्ध सञ्चालक मौसमी श्रेष्ठ, प्रविधि उद्यमी बालकृष्ण जोशी सहभागी थिए । प्यानल छलफलको सहजीकरण अधिवक्ता सेमन्त दाहालले गरेका थिए ।
कार्यक्रमअन्तर्गत विभिन्न १० ओटा विधामा अवार्ड वितरण गरिएको छ । यसमध्ये नौओटा संस्थागत र एक लाइफटाइम एचिभमेन्ट अवार्ड थियो ।
विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायकमण्डलको चरणबद्ध मूल्यांकनपछि अवार्ड पाउने संस्था र व्यक्ति छनोट गरिएको आयोजकले जानकारी दिएको छ ।
कम्पनीहरूको वित्तीय तथा गैरवित्तीय सूचकहरूका आधारमा उत्कृष्ट कम्पनी छनोट गरिएको निर्णायकमण्डलका सदस्य सुदर्शन पाण्डेले जानकारी दिए । कतिपय मूल्यांकनमा कम्पनीहरूलाई नियामकीय दृष्टिकोणबाट पनि हेरिएको उनले बताए ।
कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै न्यू बिजनेश एज लिमिटेडका अध्यक्ष मदन लम्सालले कन्क्लेभ तथा अवार्ड कार्यक्रम बिजनेशमा नेतृत्व, नवप्रवर्तन र उत्कृष्टताको उत्सव मनाउने मञ्च भएको बताए ।
कार्यक्रमको प्रायोजकहरूमा कर्भ इभी, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, एशियन लाइफ इन्स्योरेन्स, निक्षेप तथा कर्जा सुरक्षण कोष, एनएलजी इन्स्योरेन्स कम्पनी, एस्योरेन्स इनकर्पोरेशन, ग्रीन भ्याली रिसोर्ट, फोन पे, नेपाल एयरलाइन्स, किङ्स कलेज, सुबिसु केबलनेट लिमिटेड र गोदावरी स्टील्स थिए । कार्यक्रमको व्यवस्थापन भोग एड एन्ड इभेन्ट म्यानेजमेन्टले गरेको थियो ।
कसलाई कुन अवार्ड ?
लाइफटाइम एचिभमेन्टः बाबुलाल चाचान, अध्यक्ष चाचान ग्रूप
बेस्ट म्यानेज्ड कम्पनीः नेपाल फर्मास्युटिकल्स ल्याबोरेटरी प्रालि
बेस्ट म्यानेज्ड कमर्सियल बैंकः एभरेस्ट बैंक लिमिटेड
बेस्ट बैंक इन डिजिटल फाइनान्ससियल सर्भिसेसः ग्लोबल आइएमई बैंक लिमिटेड
बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकः मुक्तिनाथ विकास बैंक लिमिटेड
बेस्ट म्यानेज्ड फाइनान्स कम्पनीः श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड
बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनीः नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनीः सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड
बेस्ट म्यानेज्ड आईटी कम्पनीः इ–सेवा
स्पेसल रिकग्निशन फर पब्लिक इन्टरप्राइजेजः साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड