काठमाडौं । ग्लोवल आइएमई बैंक ‘बेष्ट बैंक इन डिजिटल फाइनान्ससियल सर्भिस’ अर्वाडबाट सम्मानित भएको छ ।
न्यू बिजनेश एज लिमिटेडको आयोजनामा काठमाडौंमा भइरहेको ‘न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डस्’ अन्र्तगत डिजिटल बैंकिङमा उत्कृष्ट सेवा सञ्चालन गरेबापत बैंकलाई सम्मान प्रदान गरिएको हो ।
स्वतन्त्र जुरीको प्यानलले अवार्डका लागि छनोट गरिएको आयोजकले जनाएको छ । जसका लागि वाणिज्य बैंकहरूको डिजिटल प्रोडक्ट, ग्राहकहरूको संख्या र कारोबार रकमलाई आधार बनाइएको थियो ।
डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको ग्लोबल आइएमईले अधिकांश बैंकिङ सेवाहरू बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी हालै ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ ।
यसमार्फत क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन गर्न सकिने व्यवस्था छ ।
यस्तै डेबिट तथा क्रेडिट कार्डको ग्रिन पिनकार्ड, क्रेडिट कार्डको विवरण, क्रेडिट कार्ड परिवर्तन जस्ता प्रक्रियाको लागि लागि आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो शेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि सेवाहरू वेबसाइटबाटै लिन सकिने बैंकले जनाएको छ ।
बैंकले हाल ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ ओटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
३८ अर्ब ११ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकले चालु आर्थिक वर्षको चैतसम्ममा ५ खर्ब १७ अर्ब ६६ करोड निक्षेप संकलन गरी ४ खर्ब १३ अर्ब २८ करोड कर्जा लगानी गरेको छ ।
१२ दशमलव ३६ प्रतिशत पूँजीकोष अनुपात रहेको बैंकको खराब कर्जा ४ दशमलव ९८ प्रतिशत पूँजीमा प्रतिफल ९ दशमलव ४८ प्रतिशत रहेको बैंकको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।