काठमाडौं । चार कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार भोलि रहेको छ । नेपाल बैंक, प्राइम कमर्सियल बैंक, मितेरी डेभलपमेन्ट बैंक र हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार हो । यी चारओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गरेसँगै पुस १३ गते बुधवारसम्म कायम शेयरधनी मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
नेपाल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २ प्रतिशत बोनस शेयर र करसमेत गरेर १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरी प्राइम कमर्सियल बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
मितेरी डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ धरान–१ सुनसरीमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा अर्पण ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।