काठमाडौं । बिहीवार दुई कम्पनीको साधारण सभा हुने भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालको साधारण सभा हुने लागेको हो । नेपाल इन्भेष्टमेण्ट बैंकले बिहीवार बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा सभा गर्ने जानकारी दिएको छ ।
त्यसैगरी मेगा बैंकले राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा बिहान १० बजे सभा शुरू गर्ने जानकारी दिएको छ । सभाले ४ प्रतिशत बोनस शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले मेगा बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक एक आपसमा गाभिने प्रस्ताव पनि पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि मङ्सिर २३ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा मङ्सिर २२ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
त्यसैगरी नेपाल इन्भेष्टमेण्ट बैंकको भोलि हुने साधारण सभाले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।
साथै सभाले मेगा बैंकसँगको मर्जर प्रक्रियामा रहेकाले मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मङ्सिर २१ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गरेको छ ।
यस आधारमा मङ्सिर २० गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।