काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक नेपाललाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । पुस ८ गते बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो ।
यी दुवै बैंकले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभामार्फत मर्जरको प्रस्ताव पारित गरिसकेका छन् । इन्भेष्टमेण्ट बैंकले मेगालाई १००ः९० अनुपातमा मर्जर गरेको हो ।
मेगा बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले इन्भेष्टमेण्ट बैंकको ९० कित्ता शेयर पाउनेछन् । मर्जरपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बन्ने कम्पनीको चुक्ता पूँजी रू. ३४ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ ।