काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु इन्स्योरेन्स कम्पनीको शेयर रोक्का गरी स्पष्टीकरण सोधेको छ । हकप्रद शेयर निष्कासन गर्ने निर्णय तोकिएको समयमा पेस नगरेपछि नेप्सेले कम्पनीको शेयर रोक्का गरी उसलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
कम्पनीको असार २७ गतेको सञ्चालक समिति बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । तर, कम्पनीले साउन ४ गते मात्रै उक्त निर्णयको माइन्युट नेप्सेमा पेस गरेको थियो ।
धितोपत्र सूचीकरण विनियमावलीमा धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ ।