पुस २, काठमाडौं (अस) । नेरुडे लघुवित्त विकास बैङ्क लिमिटेडले शेयरधनीलाई १९ दशमलव ६८ प्रतिशत लाभांश ( १३ प्रतिशत वोनस करको लागि ७ दशमलव ६८ प्रतिशत नगद लाभांश) पारित गरि वितरण गर्नको लागि पुस २९ गते साधारण सभा बोलाएको छ । उक्त साधारण सभा उद्योग सङ्गठन मोरङ्को सभाहलमा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा लेखा परिक्षक नियुक्त तथा निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने रहेको छ । बैङ्कको अधिकृत पूँजी रू. ४० करोडबाट वृद्धि गरेर रू. ६० करोड पुर्याउने सम्बन्धमा छलफल गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि २९ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द हुने बैङ्कको सूचनामा आधारित छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.