काठमाडौं । ङादी ग्रुप पावरका लिमिटेडले पुस २३ गतेदेखि माघ २९ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण हुन नसकेको शेयर भोलि (मंगलवार)देखि लिलामीमा आउनेछ । यसअघि विक्री नभएको सर्वसाधारण तर्फको ८ लाख ७३ हजार ६१ दशमलव २२५ कित्ता शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो ।
यी शेयर खरीद गर्न लगानीकर्ताहरूले फागुन २८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँ मूल्य तोकेर लिलामीमा आउने यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् ।
यो शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । विक्री नभएको उल्लेखित शेयर लिलामी प्रक्रियाबाट विक्री भएपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ कायम हुनेछ ।