काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८८ लाख ५२ हजार रुपैयाँ खुद नाफामा रहेको छ ।
गत वर्ष यस अवधिसम्म २ करोड ५८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको यो कम्पनी खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा १ करोड २४ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत वर्ष कम्पनी १ करोड ९३ लाख रुपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा थियो ।
गत वर्ष इम्पेयरमेन्ट चार्जबापत्को रकम ३७ करोड ८० लाख रुपैयाँ रहेकोमा यस वर्ष २६ करोड ५५ लाख रुपैयाँ मात्र छ । इम्पेयरमेन्ट चार्जबापत्को रकम कम व्यवस्था गर्दा कम्पनी यो वर्ष नाफामा गएको देखिन्छ । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १३ करोड ६१ लाख रुपैयाँभन्दा बढी छ ।
१ अर्ब १९ करोड ५९ लाख ५३ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी कायम छ । दोस्रो त्रैमाससम्म ९ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ६२ लाख ५० हजार रुपैयाँ कर्जा सापटी लिएको छ । कर्जा प्रवाह भने २० अर्ब १३ करोड रुपैयाँभन्दा बढी छ ।
निष्क्रिय कर्जा गत वर्ष ७ दशमलव ७१ प्रतिशत रहेकोमा यस वर्ष घटेर ५ दशमलव ३५ प्रतिशत कायम भएको छ । यस अवधिसम्म १ रुपैयाँ ४८ पैसा प्रतिशेयर आम्दानी छ भने २५१ रुपैयाँ ९४ पैसा प्रतिशेयर नेटवर्थ छ ।