काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट पाँच लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, आरएमडिसी लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी आरएमडिसी लघुवित्तले २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यसैगरी फर्स्ट माइक्रोफाइनान्सले हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि, आरएसडिसी लघुवित्तले ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (करसमेत) वितरणको प्रस्ताव गरेको छ ।
त्यस्तै साना किसान लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई गत वर्ष २५ प्रतिशत बोनस शेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यी कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।