काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ९ लाख ५४ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. १ करोड ५८ लाख पुगेको हो ।
चालू आवमा आम्दानी घटे पनि खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो । गत आवको तुलनामा कम्पनीको कुल आम्दानी ५४ दशमलव १९ प्रतिशत घटेको छ भने कुल खर्च ७२ दशमलव ८५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको कुल आम्दानी रू. ४ करोड ७९ लाख रहेकोमा चालू आवमा घटेर रू. २ करोड १९ लाखमा झरेको हो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४ पैसा रहेकोमा चालू आवमा बढेर ५ रुपैयाँ ४१ पैसा पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८० रुपैयाँ २४ पैसा छ भने मूल्य आम्दानी अनुपात ५२.४९ गुणा छ ।
१ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ सञ्चित छ ।