logo
फरवार्ड माइक्रोफाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने
फरवार्ड माइक्रोफाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने
२८ मंसिर २०८०

काठमाडौं । फरवार्ड माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले गत आवको अन्त्य सम्म कायम रहेको वितरणयोग्य  मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

कम्पनीले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.