काठमाडौं । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिसम्मको तुलनामा भने यस वर्ष कम्पनीको खुद नाफा ३८ दशमलव ४१ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ८ करोड ४९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ३ करोड ९१ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार रुपैयाँ छ । जगेडा कोष रकम भने ३० करोड १९ लाख रुपैयाँभन्दा बढी कायम छ । विभिन्न संस्थाहरुलाई ६ अर्ब ६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको कम्पनीले आफ्ना सदस्यहरुलाई २ करोड ३९ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
कम्पनीले यस वर्ष विभिन्न संघसंस्थाबाट ५ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । गत वर्षको तुलनामा कम्पनीको निष्क्रिय कर्जा बढेको छ । गत वर्ष २ दशमलव ८७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ४४ प्रतिशत कायम भएको हो । प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १२५ रुपैयाँ ३३ पैसा छ ।