काठमाडौं। फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा शनिवार काठमाडौंमा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष सुरेन्द्रराज रेग्मीले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन र वार्षिक वित्तीय विवरणसहितको लेखापरीक्षण प्रतिवेदन समेत पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.