काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कम्पनीलाई जेठ ९ गते आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको जानकारी गराएको छ ।
सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी गर्न कम्पनीलाई अनुमति दिएको भनाई बोर्डको छ । यस कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एन आईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले आईपीओ निष्कासनका लागि २०८० साल जेठ ३१ गते आवेदन दिएको थियो ।