काठमाडौं । शुक्रवार दुई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० हजार १५९ कित्ता र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक शेयर विद्यमान संस्थापकमा विक्री खुला गरेको हो । छिमेक लघुवित्तले प्रतिकित्ता ३९० रुपैयाँ मूल्य तोकेको छ भने नेशनल लघुवित्तले मूल्य खुलाएको छैन् ।
दुवै कम्पनीको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । छिमेक लघुवित्तको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौं र नेशनल लघुवित्तको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्ने भएको हो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।