काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको छ ।
यस कन्टेस्टअन्तर्गत फूडमान्डमार्फत फूड अर्डर गर्ने ग्राहकमध्येबाट हरेक दिन ५ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्रमार्फत छनोट गरिनेछ । उक्त भाग्यशाली विजेतालाई मिनिसो, केटिएम सिटी, अभाता र फूडमान्डु मर्कन्डाइजको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ ।
विजेताहरू दैनिकरूपमा सोसल मिडिया प्लेटफर्महरूमा घोषणा गरिने कम्पनीले जानकारी दिएको छ । विजेताले फूडमान्डूको अफिसबाट गिफ्ट ह्याम्परहरू सङ्कलन गर्न सकिने कम्पनीको भनाइ छ ।
साथै ग्राहकहरुले ४० ओटा विभिन्न रेस्टुरेन्टबाट बाइ वान गेट वान फ्रि तथा आकर्षक कम्बो अफरहरू समेत प्राप्त गर्न सक्नेछन् । फूडमान्डुले विभिन्न बैँक र वालेटसँगको सहकार्यमा ग्राहकलाई
विभिन्न क्यासब्याक अफरहरू समेत प्रदान गर्ने बताइएको छ ।
यो अफर माघ २४ देखि फागुन २ गतेसम्म लागू हुनेछ ।