काठमाडौं । पिपुल्स पावर लिमिटेडले आगामी माघ २० गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।
पुस २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको जाल्पाचोकस्थित पारिजात पार्टी प्यालेसमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
संस्थागत सुसाशनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने विषय पनि सभाका लागि तय भएको छ । सभा प्रयोजनका लािग कम्पनीले माघ ६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।