काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको तिनकुनेस्थित कमपनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
कम्पनीले विक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले निवेदन पेश नगरेमा अन्य व्यक्ति वा संस्थाहरूमा शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।