भदौ १०, काठमाडौं । प्रभु क्यापिटलको १४ औं वार्षिक साधारणसभा भदौ ३१ गते बस्ने भएको छ । भदौ ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।
सभा होटल एलफ्ट छायाँ सेन्टर, ठमेलमा, काठमाडौं, नेपालमा दिउँसो १२ः३० बजे हुनेछ ।
उक्त सभामा क्यापिटलले आर्थिक वर्ष २०७७/७८ मा प्राप्त मुनाफाबाट कर सहित ९ प्रतिशत नगद लाभांश पारित गर्ने छलफल गर्नुका साथै अन्य छलफल गर्नेछ ।