काठमाडौँ । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।
आज (शनिवार) बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउनुपर्ने निष्कर्ष निकालेको हो ।
पार्टीका प्रवक्ता मनीष झाले तत्काल गृहमन्त्रीले राजीनामा नगरे सदन अवरुद्ध गर्ने र त्यसबाट सिर्जित परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
आजै गृह मन्त्रालयका सहसचिव छवि रिजालले एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्व संलग्न नरहेको बताएका थिए ।