काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेललाई नियुक्त गरेको छ ।
बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठले आफ्नो पद तथा सेवाबाट राजीनामा दिएपछि पुस ७ गतेको सञ्चालक समिति बैठकले रिक्त पदमा वरिष्ठ नायब महाप्रबन्धक पोखरेललाई नियुक्त गरेको हाे ।
उनलाई पुस ९ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने कम्पनीले निर्णय गरेकाे नेप्सेमार्फत जानकारी दिइएको छ ।