पुस २, काठमाडौं (अस) । सानिमा माइ हाइड्रोपावर कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारण सभा पुस २८ गते स्मार्ट क्याफे एण्ड ब्याङ्क्वेट, धुम्बराहीमा हुने भएको छ । सभाको प्रस्तावमा वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने तथा लेखा परिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने रहेको छ । साथै, सभामा कम्पनीको सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव रहेको छ । साधारण सभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.