काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म ३ करोड ९८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने खुद नोक्सानी घटाएको हो ।
अघिल्लो वर्ष वित्तीय आम्दानी नभएको कम्पनीले गत वर्ष भने १ करोड १४ लाख रुपैयाँभन्दा बढी वित्तीय आम्दानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ छ ।
कम्पनीको जगेडा कोष रकम भने २३ करोड ६३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा ७ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा २४ करोड रुपैयाँ छ । गत चौथो त्रैमाससम्म ५६ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९३ रुपैयाँ ५२ पैसा छ ।