काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले २ हजार ५०६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । निर्मला राज भण्डारीको नाममा रहेको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।
आवेदन कम्पनीको केन्द्रिय कार्यालय कुपण्डोल, ललितपुर वा शेयर रजिष्ट्रार एनएमबि क्यापिटलको कार्यालय , बालुवाटार , काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुबाट आवेदन पेश नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।