काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडले जेठ ४ गते २८औँ वार्षिक साधारण सभा बोलाएको छ । वैशाख १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ललितपुरको कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा वैशाख २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।