काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृत गर्न प्रभु क्यापिटलले विशेष साधारण सभा गर्ने भएको छ । क्यापिटलले २०८० वैशाख ९ गते विशेष साधारण सभा बोलाएको हो ।
काठमाडौंको कमलादीस्थित रोयल सिंगी होटेलमा उक्त दिन बिहान ९ बजेबाट साधारण सभा शुरु हुने कम्पनीले जानकारी दिएको छ । साधारण सभाले सेञ्चुरी क्यापिटललाई प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नेछ । त्यस्तै प्राप्ति प्रयोजनका लागि तय गरेको १ः१ शेयर स्वाप रेसियो पनि साधारण सभाले पारित गर्नेछ ।
साथै सेञ्चुरी क्यापिटल प्राप्तिपछि क्यापिटलको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाले स्वीकृत गर्नेछ । सोही साधारण सभाले प्रभु क्यापिटलले प्राथमिक शेयर निष्कासन गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।
सेञ्चुरी क्यापिटलले पनि सोही दिन विशेष साधारण सभा आयोजना गरेको छ । साधारण सभा काठमाडौंस्थित क्यापिटलको केन्द्रीय कार्यालयमा उक्त दिन बिहान ९ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
साधारण सभाले सेञ्चुरी क्यापिटललाई प्रभु क्यापिटलले प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।