काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत मंसिर १६ देखि फागुन १५ गतेसम्म परेको दाबी निवेदनमा अपुग कागजात पेश गरी दाबी रकम लिन बीमितलाई आग्रह गरेको छ ।
कम्पनीले उक्त अवधिमा परेको विभिन्न दाबीहरूमा कागजात नपुगेर वा बीमित वा बीमितका प्रतिनिधि सम्पर्कमा नआएर भुक्तानी दिन नसकिएको जनाएको छ ।
यस्ता बीमितहरूलाई आगामी ३५ दिनभित्र अपुग कागजातसहित कम्पनीको केन्द्रीय दाबी विभाग, प्रादेशिक तथा शाखा कार्यालय वा सम्बन्धित सर्भेयरलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
यस अवधिभित्र पनि अपुग कागजात पेश नगरे वा सम्पर्कमा नआए सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने सूचनामा उल्लेख छ ।