काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले फागुन मसान्तसम्ममा रू. २५ करोड १३ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तको तुलनामा १६ प्रतिशत वृद्धि भएको हो ।
माघ मसान्तमा फण्डले रू. २१ करोड ६४ लाख नाफा कमाएको थियो । फागुन महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । फण्डको आम्दानी माघ मसान्तमा रू. २३ करोड ५१ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. २७ करोड २५ लाख पुगेको छ ।
नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य न्याभ पनि माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ७३ पैसा रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ ९६ पैसा पुगेको छ ।
फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब ४६ करोड भन्दा बढी लगानी गरेको छ । यो लगानी माघ मसान्तसम्ममा रू. १ अर्ब ३६ करोड भन्दा बढी थियो ।यस आधारमा फण्डले माघको तुलनामा फागुनमा सूचीकृत शेयरमा लगानी बढाएको छ ।