काठमाडौं । पछिल्लो समय सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । सोही क्रमलाई निरन्तरता दिँदै बुधवार पनि सुनचाँदीको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य बुधवार प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार छापावाला सुन प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलवार २ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार प्रतितोला २ हजार ७५ रुपैयाँ खरीदविक्री भइरहेको हो ।