काठमाडौं । सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।
बिहीवार सार्वजनिक मतपरिणाम अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका कार्कीले नेकपा (एमाले)का जगदीशप्रसाद कुसियतलाई ११२ मतान्तरले पराजित गरे । कार्कीले ३० हजार ४८३ मतसहित पाउँदा निकटतम प्रतिष्पर्धी कुसियतले ३० हजार ३७१ मत ल्याए ।
कार्कीकाे जितसँगै कांग्रेसकाे प्रतिनिधिसभामा सिट संख्या ५५ पुगेकाे छ ।