काठमाडौं । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनको उदघाटन सत्रमा २ ओटा परियोजनामा लगानीसम्बन्धी एमओयू भएको छ ।
जसअन्तर्गत नेपालको बिएलसी र भारतीय कम्पनीबीच डाटा सेयरिङ लगानीका लागि सम्झौता भएको छ । चौधरी ग्रुपको बीएलसी र भारतको हिरानन्दानी समूहको योट्टा डाटा सर्भिसबीच नेपालमा डाटा सेन्टर बनाउन समझदारी भएको हो ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाको कम्पनीबीच लगानी प्रवर्द्धन गर्न एमओयू भएको छ ।