काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले देखाएको टीओडी (टाइम अफ डे) मिटरको बिल सही भएको दाबी गरेका छन् ।
आज (बुधवार) आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'बिल सही छ । टीओडी मिटर अन्तर्गतको डाटाअन्तर्गत बिल काटेको हो । अदालत र विद्युत नियमन आयोगले पनि बिललाई सही भनेका छन् ।'
डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवाद समाधानका लागि गठित आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा भने प्राधिकरणले देखाएको टीओडी मिटरको बिल सही नभएको उल्लेख छ । उक्त प्रतिवेदनमा उक्त बिलको हिसाब फेरि गर्न सुझाइएको छ ।